इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि हट्ने निश्चित एजेन्सी।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हट्ने भएका छन्।विपक्षी ८ दलबीच यामिना पार्टीका नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो।गत मार्चमा भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा भएको पार्टीलाई सहयोगी दलका साथ सरकार बनाउने निम्तो दिइएको थियो ।सो समयावधिभित्रै विपक्षी नेता येर लेपिडले गठबन्धन सरकार बनाउने सहमति भएको राष्ट्रपतिलाई जानकारी गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्