काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीको भूमिकालाई सकारात्मकरूपमा प्रस्तुत गरिदिन चलचित्रकर्मीहरूलाई आग्रह गरेका छन्।
चलचित्र समाजको ऐना भएको भन्दै खनालले चलचित्रमा प्रहरीको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिएका हुन्।
१०औं नेफ्टा फिल्म अवार्डको घोषणा कार्यक्रममा बोल्दै खनालले विदेशी चलचित्रहरूमा सधैँ प्रहरीको भूमिका सकारात्मक मात्र भएको देखाउने गरिएको दाबीसमेत गरे।
“हलिउड र बलिउडमा प्रहरीको रोललाई सकारात्मक ढंगले र परिस्कृतरूपले अगाडि सारिन्छ। कप्र्स भनिसकेपछि अपराधी काँप्नु प¥यो, डराउनुप¥यो। भागेकोलाई पनि समात्न सक्ने हुनुप¥यो। र, समाजमा सकारात्मक सोचको विकास गर्नका लागि यहाँहरूको अत्यन्त ठूलो भूमिका रहन्छ”, उनले भने।
नेपाली चलचित्रमा भने प्रहरीको भूमिकालाई नकारात्मक मात्र देखाइने गरेको भन्दै त्यसबाट समाजमा नराम्रो सन्देश गइरहेको उनको दाबी थियो। उनले एउटा कुरा राख्न चाहन्छु भन्दै बलिउड र हलिउडका चलचित्रको उदाहरण पनि दिए। अनि नेपाली चलचित्रले प्रहरीको भूमिका परिस्कृत गरेर देखाउनुपर्नेमा जोड दिए।
“हामी सधैँ प्रहरी इन्सपेक्टर अथवा आईजीपीको रोलमा यो त बदमाशी नै गर्छ, अथवा युनिफर्मलाई अरू उद्देश्यमा प्रयोग गर्छ भन्न खोज्छौं”, उनले भने, “अब यसले साँच्चिकै समाजमा सकारात्मक सोच विकास गर्न सक्छ भन्ने बनाउनुपर्छ।”
अहिलेसम्म जे जस्तो भए पनि आउँदा दिनमा प्रहरीले कलाकारबाट समेत आलोचनात्मक सहयोगको अपेक्षा गरेको आईजीपी खनालले बताए। अपराध गर्नेले पनि हाम्रै प्रहरी हो भन्ने सोच्नुपर्ने भन्दै उनले भने, “आगामी दिनमा समसामयिक विषयवस्तुमा नेपाल प्रहरीले गरेका कामहरूलाई आलोचनात्मक आँखाबाटै भए पनि परिस्कृत बनाइदिनुस्।”
उनले गलत कामलाई सुधार्नुको विकल्प नरहेको उल्लेख गर्दै भने, “राम्रा कुरा पनि छन्, यहाँहरूले त्यसलाई सम्प्रेषण गरिदिनुभयो भने राम्रो सन्देश जान्छ।”
" /> काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीको भूमिकालाई सकारात्मकरूपमा प्रस्तुत गरिदिन चलचित्रकर्मीहरूलाई आग्रह गरेका छन्।चलचित्र समाजको ऐना भएको भन्दै खनालले चलचित्रमा प्रहरीको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिएका हुन्।

">