काठमाडौं। नेपाल भलिबल संघले राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियशिप आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलन गर्दै संघले ३–१० माघमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप सञ्चालन गर्ने भएको हो।
सहभागी हुने टीमले तीनजना विदेशी खेलाडी राख्न सक्ने प्रावधान राखिएको छ। प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख, द्वितीयले एक लाख र तृतीयले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजककाे भनाइ छ।
त्यस्तै प्रतियोगिताको महिला तथा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडीले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टीम प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँ प्राप्त गर्ने भलिबल संघले जनाएको छ।
अहिलेसम्म पुरुषतर्फ १२ र महिलातर्फ आठ टीमले सहभागिता जनाउने निश्चित भएकाे छ।
" /> काठमाडौं। नेपाल भलिबल संघले राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियशिप आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलन गर्दै संघले ३–१० माघमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप सञ्चालन गर्ने भएको हो।सहभागी हुने टीमले तीनजना विदेशी खेलाडी राख्न सक्ने प्रावधान राखिएको छ। प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख, द्वितीयले एक लाख र तृतीयले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजककाे भनाइ छ।

">