खुवालुङको संरक्षण गर्दै सप्तकोशीमा जलमार्ग बनाउने काठमाडौं। विवादित बनेको सप्तकोशी नदीस्थित त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको संरक्षण गर्दै जलमार्ग बनाउने तयारी रहेको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।बुधबार पत्रकार भेटघाट कार्यक्रममा भौतिक पूर्वधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले किरातीहरुको सभ्यतासँग जोडिएको खुवालुङलाई संरक्षण गरी अर्को साइडबाट पानीको बहाव फर्काएर जलमार्ग बनाउने कार्य भइरहेको बताए।खुवालुङ ढुंगा फुटाएर जलमार्ग बनाउने तयारी भएपछि किराती समुदायले विरोध जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्