सबै अस्पतालले उपचार शुल्क सार्वजनिक गर्नुपर्ने, नगरे कारबाही काठमाडौं। कोरोना उपचारमा मनपरी शुल्क लिएको उजुरी बढ्न थालेपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी विरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। अब सरकारी,निजी,सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले तोकिएको मितिभित्र खर्च सार्वजनिक गर्नुपर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्