अञ्जन विष्ट निलम्बनपछि पहिलाेपटक मैदानमा उत्रँदै
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेपछि निलम्बनमा रहेका अञ्जन विष्ट आज पहिलो पटक मैदानमा उत्रँदैछन्।

विश्वकप छनोटअन्तर्गत कुवेतविरूद्ध खेल्नका लागि भुटान जाने अघिल्लो रात उनीहरू नाइट क्लब गएका कारण एन्फाले अञ्जनलगायत विमल घर्तीमगर, दिनेश राजवंशी र सन्तोष तामाङलाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको थियो।

एन्फाले २७ मंसीरबाट लागू हुने गरी विमल र दिनेशलाई ९० तथा अञ्जन र सन्तोषलाई ४५ दिनका लागि निलम्बन गरेको थियो। तर, खेलाडी र क्लबले अनुशासन कमिटीको निर्णयविरूद्ध अपिल गरेपछि निर्णय पुनरावलोकन गरेको थियो। अनुशासन कमिटीले ८ पुसमा  नयाँ निर्णय गर्दै ३० कात्तिकबाट लागू हुने निर्णय गरेको थियो।

अनुशासन कमिटीको नयाँ निर्णयपछि अञ्जन र सन्तोषले लिग खेल्न पाउने भएका हुन्। त्रिभुवन आर्मीका सन्तोष तामाङले थ्री स्टार क्लबविरुद्ध खेलिसकेका छन्। उनले उक्त खेलमा गोल पनि गरेका थिए। अञ्जन भने आज मनाङबाट मछिन्द्र क्लबविरुद्ध खेल्दैछन्।

यो खेलको नतिजाले उपाधि होडमा पनि असर गर्नेछ। अहिले मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ भने मछिन्द्र ९ अंकका साथ दोस्रो स्थानमा छ।

मनाङ मर्स्याङ्दी क्लब

कमल श्रेष्ठ(कप्तान), सुरज बुढाथोकी, फ्लोरेन्ट कोन, दीप कार्की(गोलकिपर), दयानन्द सिंह, आदित्य चौधरी, पुजन उपरकोटी, भिडाल लुइस चिसानो, फेमी जोशुवा, रञ्जन विष्ट, अञ्जन विष्ट

मछिन्द्र क्लब

रञ्जित धिमाल, विराज महर्जन(कप्तान), विशाल श्रेष्ठ (गोलकिपर), देवेन्द्र तामाङ, अबिषेक रिजाल, विशाल राई, रेजिन सुब्बा, सुजल श्रेष्ठ, आन्द्रेस टिचोउनकुए, पिटर सेगुन, सोमिडे ओलुवावुनमी।

प्रतिक्रिया दिनुहोस्