काठमाडौं। थापाथलीबाट त्रिपुरेश्वर जाने बाटो छेउमै भत्किन लागेको एउटा भवन छ। त्यसका चर्किएका भित्तालाई काठको टेको लगाइएको छ। धेरै पुरानो भएकाले त्यो भवनको छानामा झार उम्रेको छ।

त्यही पुरानो थोत्रो भवनमा एउटा बोर्ड झुण्डाइएको छ- ‘नेपाली लोकबाजा संग्रहालय’।

जीर्ण भवनको पहिलो तलामा नेपालका लोकबाजाहरू संरक्षण गरिएका छन्। संग्रहालयमा ६५५ प्रकारका लोकबाजा राखिएको छ। संग्रहालयमा राखिएका बाजामा पुरानो मधुकर बाजादेखि शीतम्बर, ढोलक, तबला, मादल, ठूलो सारंगी, सहनाई, नरसिंगा र पञ्चेबाजाका सेटलगायत छन्।

संग्रहालयका बाजाले देशको सिंगो लोकसंस्कृतिको झल्को दिन्छ। हरेक जातजाति, समुदाय तथा क्षेत्रका लोकबाजा समेटेको छ संग्रहालयले।
सबैभन्दा रोचक त यो संग्रहालय राज्यतहको अग्रसरतामा स्थापना भएको होइन। नितान्त व्यक्तिगत पहलबाट यसको स्थापना गरिएको हो।

बाजाहरूको संग्रहालय बनाउने सपना धादिङ गजुरीका रामप्रसाद कँडेलले गरेका हुन्।

बाजाहरू संग्रह गर्ने कँडेलको पुरानै शोख थियो। त्यही शोखले यो संग्रहालय स्थापना गर्ने सपना जन्माएको उनी बताउँछन्।

“२०५२ सालदेखि नै गाउँगाउँबाट लोकबाजा जम्मा गर्न थालेको हुँ”, उनी संग्रहालय स्थापनाको कथा सुनाउँछन्।

२०५४ सालमा केही साथीसँग मिलेर ‘नेपाली लोकबाजा संग्रहालय’ स्थापना गरेपछि यो संस्थाले औपचारिक रूप पाएको उनी बताउँछन्। कँडेलका अनुसार अहिले यो संस्थामा २५ सदस्य छन्।

संस्था गठन भए पनि संग्रहालय स्थापना गर्ने ठाउँको अभाव थियो। केही वर्ष कँडेलले आफ्नै कोठामा लोकबाजा थुपारे। नेपाल सम्पदा संघको कार्यसमिति बनेपछि भने उनलाई नयाँ अवसर जुट्यो।

शुरूमा उनले भद्रकाली गुठी संस्थानको भवनको माथिल्लो तला भाडामा लिएर १ फागुन २०५८ देखि पाँच वर्षसम्म संग्रहालय चलाए। १५ वैशाख २०६४ सालमा गुठी संस्थानको स्वामित्वमा रहेको अहिलेको भवन भाडामा लिएर संग्रहालय सारे।

“नेपालमा एक हजार ३५० प्रकारका लोकबाजा प्रयोगमा छन् ती मध्ये ६५५ लोकबाजा हामीले संग्रहालयमा राखेका छौं”, कँडेल भन्छन्। नयाँ ठाउँमा सरे पनि लोकबाजा संग्रहालयको दुःख भने सकिएको छैन। अहिले बसेकै भवनबाट छोड्नुपर्ने आदेश अदालतले दिएको छ।

अहिले भाडामा बसिरहेको भवन गुठी संस्थानले ३० वर्षका लागि काठमाडौं विश्वविद्यालयलाई भाडामा दिएको छ।

त्यहाँ संगीत नै पढाउने काठमाडौं विश्वविद्यालयको योजना छ। तर, उसले बारम्बार संग्रहालयलाई हट्न ताकेता गरिरह्यो। यही विषयमा अदालतमा मुद्दा पर्‍यो। अदालतले विश्वविद्यालयको पक्षमा फैसला गरेपछि संग्रहालयलाई सर्नुको विकल्प रहेन। यसैमा दुःखी छन् कँडेल।

“एक त नेपालमा संग्रहालय ऐन नहुँदा सामाजिक संस्थाको रूपमा दर्ता गरेर संग्रहालय चलाउनुपरेको छ। त्यसमाथि सरकारी निकाय नै उठीबास लगाउन उद्दत छन्” उनी भन्छन्।

लोकबाजाको महत्वलाई राज्यले नबुझ्दा संग्रहालय ‘अपहेलना’मा परेको कँडेलको गुनासो छ।

“यी बाजा भनेका आफैंमा नेपाली गीत र मौलिक नाचहरू हुन्” उनी भन्छन्, “यिनको राम्रो संरक्षण हुन सकोस् भनेर गुठी संस्थान र पुरातत्व विभागदेखि संस्कृति मन्त्रालयसम्म धाएँ। तर, सहयोग पाउन सकिनँ।”

प्रधानमन्त्री समेतले यो संग्रहालयको अवलोकन गरेको तर, यसको व्यवस्थापनका लागि कुनै चासो नदिएको उनी बताउँछन्।

" /> काठमाडौं। थापाथलीबाट त्रिपुरेश्वर जाने बाटो छेउमै भत्किन लागेको एउटा भवन छ। त्यसका चर्किएका भित्तालाई काठको टेको लगाइएको छ। धेरै पुरानो भएकाले त्यो भवनको छानामा झार उम्रेको छ।

"> उठिवासको स्थितिमा छ लोकबाजा संग्रहालय : Dekhapadhi
उठिवासको स्थितिमा छ लोकबाजा संग्रहालय

प्रतिक्रिया दिनुहोस्