काठमाडौं। १० औं नेफ्टा फिल्म अवार्ड नेपालमा आयोजना हुने भएको छ।
चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को १०औं संकरण आउँदो १५ चैत्रमा टुँडिखेलमा हुनेछ। यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो। विगत दुई वर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन।
‘नेफ्टा फिल्म अवार्ड’को नाैऔं संकरण २०७३ सालमा दुवईमा भएको थियो।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले यो संस्करण नेपालमै गर्न लागिएको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ। यो वर्ष नेफ्टा अवार्ड कार्यक्रमलाई ‘ड्रिम हाइ नेपाल’ले सहयोग गर्नेछ।
नेफ्टाका अध्यक्ष पुष्कर लामाले विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिने बताए। ‘पपुलर चलचित्र’, ‘पपुलर नायक’, ‘पपुलर नायिका’, ‘जनजाती फिल्म’ तथा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड पनि प्रदान गरिने उनले बताए।
घोषणा कार्यक्रममा नायक राजेश हमाल, भुवन केसी, बसुन्धारा भुसाल लगायतले चलचित्र प्राविधिकहरूको योगदान चलचित्र क्षेत्रमा उल्लेखनीय रहेको बताए।
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वलाई स्वागत तथा सम्मान समेत गरिएको थियो। त्यस्तै पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा तथा सांस्कृति संस्थानका महाप्रबन्धक अशोक राईलाई समेत सम्मान गरिएको थियो।