सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष डेढ लाख घुससहित पक्राउ
<p>कैलाली। धनगढीमा एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्। </p>
<p>धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह घुससहित पक्राउ परेका हुन्।</p>
<p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेबापत् घुस माग गरिरहेकाे भन्ने उजुरीका आधारमा पक्राउ गरेकाे हाे।</p>
<p>पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
