सुर्खेत। हुम्लाको श्रीनगर खाद्य डिपोले कुहिएको चामल विक्री गरेको फेला परेको छ।
डिपोबाट १३ पुसमा वितरण गरिएको चामलमध्ये अधिकांश कुहेको फेला परेको हो।
आफूले डिपोबाट खरीद गरेर ल्याएको ३० किलोग्रामका दुई वटा बोरामध्ये सबै चामल कुहिएर खानै नमिल्ने अवस्थामा रहेको अदानचुली–२ का हर्क भण्डारीले जानकारी दिए । “घरमा खाद्यान्नको समस्या भएर खाद्यबाट चामल लिएको थिएँ”, उनले भने, “बेलुका भात पकाउन चामलको बोरा खोल्दा त पुरै चामल डल्ला परेर खानै नमिल्ने रहेछ।”
आफूले ल्याएको चाम कुहिएको भेटिएपछि सँगै चामल ल्याएका रतन भण्डारीकोकाम पुग्दा त्यहाँ पनि उस्तै समस्या भेटिएको हर्कले बताए।
ढिला गरेर सुदूरपश्चिम प्रदेशको धनगढी हुँदैं अदानचुलीको श्रीनगर पुगेको उक्त चामल कुहिएको फेला परेपछि अहिलेसम्म केही डिपोमै फिर्ता गरिएको छ। सुदूरपश्चिमको धनगढी–मार्तडी हुँदै श्रीनगर पुगेको ३०० क्वीन्टल मध्ये स्थानीयलाई विक्री गरिएको १०० क्वीन्टल चामल अधिकांश खान योग्य नभएको पाइएको छ।
सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले विक्री गरेको उक्त चामल लिएकामध्ये चार जनाले चामलको बोरा नै फिर्ता गरेको नेपाल खाद्य संस्थान श्रीनगर डिपो हुम्लाका प्रमुख चन्द्रबहादुर पुनले स्वीकारे। चामल कुहिनुमा ढुवानीको जिम्मा लिएका ठेकेदारको लापरवाही भएको उनको भनाइ छ।
“डिपोमा चामल ढुवानी भएर आउने बित्तिकै हामीले विक्री गरेका हौं। यसमा खाद्य संस्थानको कुनै संलग्नता छैन”, उनले भने।
चामल कुहिने अवस्था नेपाल खाद्य संस्थानकै कारणले आएको ठेकेदार नन्द महतारा बताउँछन्। संस्थानको मार्तडी शाखाले दिएको चामल जस्ताको तस्तै आफूले श्रीनगर डिपोसम्म पुर्याएको उनको दाबी छ।
उपभोक्ता संरक्षण ऐन–२०७५ ले खान नमिल्ने खाद्यान्न विक्री वितरण गरे वा गराए तीन वर्षदेखि पाँच वर्षसम्म जेल र तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।