पाकिस्तानमा भयो हिन्दू मन्दिर सम्पदा स्थल
काठमाडौं। आफैंलाई मुस्लिम देश भन्ने पाकिस्तानमा हिन्दू मन्दिरलाई सम्पदा स्थल घोषणा गरिएको छ।
पाकिस्तानको उत्तर–पश्चिममा रहेको प्रान्त खैबर पख्तुनख्वाको सरकारले त्यहाँ रहेको प्राचीन ‘पंज तीरथ’ क्षेत्रलाई सम्पदा स्थल घोषणा गरेको हो।
यहाँ रहेका पाँचवटा पोखरीका कारण यस क्षेत्रको नाम ‘पंज तीरथ’ रहेको हो। यहाँ एउटा मन्दिर र चौर पनि छ।
पहिले नै ध्वस्त पारिएको क्षेत्र
पंज तिरथ क्षेत्रलाई सन् १७४७ मा अफगान दुर्रानी वंशको शासनको क्रममा ध्वंस गरिएको थियो।
तर, सन् १८०० को शुरुवातमा तत्कालीन शिख शासनको समयमा स्थानीय हिन्दूहरूले यसको पुनस्र्थापना गरे।
सम्पदा घोषणापछि त्यहाँको सरकारले यस क्षेत्रमा भएको अतिक्रमण हटाइने र थप जिर्णोद्वारका लागि पुरातत्वविद्हरूलाई जिम्मा दिइने बताएको छ।
यो क्षेत्र महाभारतकालीन राजा पाण्डुको अधिनमा रहेको विश्वास गरिन्छ।
खासगरी कात्तिकमा हिन्दू धर्मावलम्बीहरू यी पाँच पोखरीमा नुहाउन आउँछन्।
हिन्दू विवाह कानून
हिन्दू धर्मावलम्बीको पक्षमा पाकिस्तानले अर्को काम पनि गरेको छ। ईश्वी सम्वत्को नयाँ वर्ष शुरुमै पाकिस्तानले ‘हिन्दू विवाह कानून’ पारित गरेको छ।
यो कानूनले पाकिस्तानका हिन्दू अल्पसंख्यकहरूलाई विवाह दर्ता गर्ने र सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिने अधिकार प्रदान गरेको छ।
यो कानूनले सम्बन्धविच्छेद गरेका हिन्दूलाई पुनर्विवाहको छुट पनि दिएको छ।
अब पाकिस्तानमा बस्ने हिन्दूले ‘सादीपरत’ नामक विवाह प्रमाण पत्र पाउनेछन्।
त्यहाँका मुस्लिमहरू ‘निकाह नामा’ पाउने गरेका थिए।
- द लजिकल इन्डियाबाट
प्रतिक्रिया दिनुहोस्