नेपालगन्ज। नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जमा हात्ती थपिने भएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउने तयारी भइरहेको छ। दुईवटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको सङ्ख्या छ पुग्नेछ।
बाघको बासस्थान रहेको निकुञ्जलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै लगिएको र हात्ती सफारी शुरु भएकाले हात्ती थप्न लागिएको हो। प्रमुख संरक्षण अधिकृत भट्टराईले प्रचारप्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा भ्रमण वर्षको शुरुआतमै विस्तारै चहलपहल बढेको जानकारी दिए।
निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जङ्गल सफारीको ‘रुट’ बनाएको छ। यो पार गर्न साढे तीन घण्टा लाग्छ। “गाभरबाट प्रवेश गरेका पर्यटकहरुले जङ्गली जनावर, चराचुरुङ्गी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएका छौं”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “एकपटक आएको पर्यटक फेरि आउन मन लाग्ने घुमाइ हुन्छ।”
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा बाँके निकुञ्ज परिसकेको छैन। निकुञ्जमा नेपालीलाई १०० रुपैयाँ प्रवेश शुल्क लिएर ५०० रुपैयाँ दुई घण्टाभन्दा बढी हात्ती सफारी गराउने तालिका छ। सार्कका पर्यटकलाई ७५० र अन्य मुलुककालाई एक हजार ५०० प्रवेश शुल्क कायम गरिएको छ।
दुई वर्षअघि निकुञ्जमा जम्मा चारजना पर्यटक आएकामा आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्जले जनाएको छ। तीमध्ये १४८ आन्तरिक पर्यटक, ११ सार्क मुलुकका र एकजना विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ। निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ।रासस
" /> नेपालगन्ज। नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जमा हात्ती थपिने भएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउने तयारी भइरहेको छ। दुईवटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको सङ्ख्या छ पुग्नेछ।बाघको बासस्थान रहेको निकुञ्जलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै लगिएको र हात्ती सफारी शुरु भएकाले हात्ती थप्न लागिएको हो। प्रमुख संरक्षण अधिकृत भट्टराईले प्रचारप्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा भ्रमण वर्षको शुरुआतमै विस्तारै चहलपहल बढेको जानकारी दिए।

">