प्रहरीद्वारा १९५ वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ५४५ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र अक्सिजन प्लान्ट उद्योगलाई बुझाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्