मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं। मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ।

वैदेशिक रोजगारिमा मलेसियामा रहेका दाङ जिल्ला घोराही उपमहानगरपालिका-७ नैनुहारका ४३ वर्षीय दुर्गाबहादुर बिटालुको २० पुस दिउँसो सुतेकै ठाउँमा मृत्यु भएको उनका साथि महेन्द्र केरुङ लिम्बुले जानकारी दिएका छन्।

दुर्गाबहादुर मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्षदेखि कार्यरत् थिए।

उनको शव मलेसिया बातुपहातको सुल्तानअस्पतालमा परीक्षणको लागि राखिएको छ।

कम्पनीसँगको कामको सम्झौता सकिन लागेका बिटालु एक महीनापछि घर फर्किने तयारीमा थिए।

प्रतिक्रिया दिनुहोस्