मौरीको टोकाइबाट वृद्धाको मृत्यु
चितवन। चितवनमा वन मौरीको टोकाइबाट एक वृद्धा मृत्यु भएको छ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका-९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको २० पुस साँझ वन मौरीले टोकेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घरमै बसिरहेकी थरुनी वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिइन् ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहँदा उनको मृत्यु भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्