लागुऔषधसहित कैलालीमा पाँच जना पक्राउ <p>कैलाली। लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा धनगढी उप&ndash;महानगरपालिका-१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुंगाना छन्।</p> <p>पक्राउ परेकाको साथबाट ब्राउन सुगर लगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्