चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

तनहुँ। चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा एक बालकको मृत्यु भएको छ।

चितुवाले आक्रमण गर्दा आँबुखैरेनी गाउँपालिका-१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मावली घरबाट घर फर्कने क्रममा बालकलाई २० पुस साँझ चितुवाले आक्रमण गरेको थियो।

उनी स्थानीय सूर्योदय आधारभूत विद्यालयमा दुई कक्षामा अध्ययनरत थिए।

लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा घरदेखि पूर्व करीब २०० मिटर भिरमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार चितुवाको आक्रमणबाट तनहुँमा सातजना बालबालिकाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्