फोटो प्रतियोगिताको आवेदन खुला
काठमाडौं। सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६मा समावेश हुन आवेदन खुला गरिएको छ।

फोटो जर्नालिस्ट क्लब, नेपालले आफूले खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रहसमेत गरेको छ ।

ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले २० पुसमा प्रतियोगिता शुरु भएको घोषणा गरेका छन्।

प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने छ।

१७ माघ राति १२ बजेसम्म फोटो दर्ता गर्न सकिने छ।

फोटो अफ दी इयरलाई एक लाख रुपैयाँ पुरस्कार दिइने छ।

व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्ने छन्।

प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन।

खेलकुद विधामा  नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराइने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्