पछिल्लाे ९ महिनामा वैदेशिक रोजगारीमा गएका ५४५ जनाको मृत्यु काठमाडौं। वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७७ साउनदेखि फागुनसम्मको अवधिमा ५४५ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा ५३४ जना पुरुष र ११ जना महिला रहेका छन्। सबैभन्दा बढीको मृत्यु मलेसिया, कतार, युएई, साउदी अरब, कुवेतलगायतका देशमा भएको छ। सडक दुर्घटना, आत्महत्या, हृदयाघात र अन्य रोग कारण उनीहरुको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्