विदेशी सैनिकलाई फिर्ता पठाउन सरकारलाई इराकी संसदको निर्देशन
बगदाद। इराकको संसदले सबै विदेशी सैनिकलाई मुलुक छोडेर जान आग्रह गर्ने प्रस्ताव पारित गरेको छ। इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा बगदादमा मृत्यु भएपछि इराकको संसदले यस्तो प्रस्ताव पारित गरेको हो।

१७ पुस राति सुलेमानी मारिएका थिए। संसदले विदेशी सेनालाई इराकको जमिन, हवाई क्षेत्र र जलक्षेत्र प्रयोगमा रोक लगाउनसमेत सरकारलाई भनेको छ ।

इराकको संसदले सरकारलाई अमेरिकी सेनासँग कुनै सहयोग नलिनसमेत भनेको छ। इराकमा अहिले अमेरिकाका पाँच हजार सेना रहेका छन्। इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्दो चाँडो इराकबाट विदेशी सेनालाई हटाइने बताएका थिए।

प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डरलाई मार्नु राजनीतिक हत्या भएको बताए।

विदेशी सैनिक इराकबाट फिर्ता पठाउन संसदले विधेयक पास गर्नुपर्ने हुन्छ। त्यस्तो विधेयकले मात्रै अमेरिकासँगको सम्झौतालाई खारेज गरी फिर्ता जान बाध्य पार्नसक्छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्