काठमाडौं। युवा खेलाडी कर्टिस जोन्सको गोलमा लिभरपुलले घरेलु मैदानमा एभर्टनलाई १–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान बनाउन सफल भएको छ।
मर्सिसाइड डर्बीमा १८ वर्षे जोन्सले ७१औं मिनेटमा गरेको गोल लिभरपुललाई जिताउन पर्याप्त बन्यो। १८ वर्ष ३४० दिनका जोन्स १९९४ मार्चपछि मर्सिसाइड डर्बीमा गोल गर्ने युवा खेलाडी बने। १९९४ मा प्रिमियर लिग खेलमा रोबी फ्लावरले १८ वर्ष ३३८ दिनको उमेरमा गोल गरेका थिए।
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले प्रिमियर लिगमा सेफिल्ड युनाइटेडविरुद्ध खेलेको टोलीमा नौं खेलाडी परिवर्तन गरेका थिए। ताकुमी मिनामिनो, नाथानियल फिलिप्स र बैकल्पिक खेलाडी यासर लारोउसीले लिभरपुलबाट डेब्यू गरे।
लिभरपुलले एभर्टनसँग घरेलु मैदानमा २३ खेलसम्मको अपराजित यात्रालाई कायमै राखेको छ। लिभरपुल १३ खेलमा विजयी भएको छ भने दश खेल बराबरी खेलेको छ।
एभर्टन एफए कपको पछिल्ला ६ सिजनमध्ये चार सिजन तेस्रो चरणबाट बाहिरिएको छ।
" /> काठमाडौं। युवा खेलाडी कर्टिस जोन्सको गोलमा लिभरपुलले घरेलु मैदानमा एभर्टनलाई १–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान बनाउन सफल भएको छ।मर्सिसाइड डर्बीमा १८ वर्षे जोन्सले ७१औं मिनेटमा गरेको गोल लिभरपुललाई जिताउन पर्याप्त बन्यो। १८ वर्ष ३४० दिनका जोन्स १९९४ मार्चपछि मर्सिसाइड डर्बीमा गोल गर्ने युवा खेलाडी बने। १९९४ मा प्रिमियर लिग खेलमा रोबी फ्लावरले १८ वर्ष ३३८ दिनको उमेरमा गोल गरेका थिए।

">