काठमाडौं। डोम सिबलेले अविजित ८५ रन बनाएपछि इङ्ल्यान्डले केप टाउनमा जारी दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पकड जमाएको छ।
ओपनर सिबलेले टेष्टमा पहिलो अर्धशतक बनाउँदै अविजित ८५ रन जोडेपछि इङ्ल्यान्डले तेस्रो दिन सकिँदा चार विकेट गुमाएर २१८ रन बनाएको छ। यससँगै भ्रमणकारी इङ्ल्यान्डले २६४ रनको अग्रता लिएको थियो।
इङ्ल्यान्डका कप्तान जो रूटले ६१ रन बनाए। जो डिनलेले ३१ तथा ज्याक क्राउलेले २५ रन जोडे। दक्षिण अफ्रिकाका एनरिच नोर्टजेले दुई तथा कागिसो राबाडा र ड्वानी प्रेटोरियसले एक एक विकेट लिए।

त्यसअघि जेम्स एन्डरसनले पाँच विकेट पुरा गरेपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा २२३ रन बनाउँदा सबै विकेट गुमायो। त्यससँगै इङ्ल्यान्डले पहिलो इनिङमा ४६ रनको अग्रता लिन सफल भयो।
दक्षिण अफ्रिकाले २१५–८ को स्थितीबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन थाल्दा घरेलु टोलीका भेर्नोन फिलान्डर १३ रन बनाएर क्रिजमा थिए। फिलान्डर १७ रनमा अविजित रहे। पहिलो इनिङमा दक्षिण अफ्रिकाका डिन एल्गरले ८८, रासी भान डेर डुसानले ६८ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
एन्डरसनबाहेक साम कुरान र स्टुवार्ट ब्रोडले समान दुई विकेट लिए भने डोमिनिक बेसले एक विकेट लिए।