काठमाडौं। कालुम हड्सन–ओडोईले एक गोल र अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा चेल्सीले नटिङ्घम फोरेस्टलाई २–० ले हराउँदै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।
घरेलु मैदानमा चेल्सीले हड्सन–ओडोईको गोलबाट छैटौं मिनेटमै अग्रता लिएको थियो। च्याम्पियनसिपमा चौथो स्थानमा रहेको नटिङ्घम फोरेस्टले पेनाल्टी अवसर पाएको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर) सँगको लामो छलफलपछि उक्त पेनाल्टीको निर्णय फिर्ता लिइएको थियो।
हड्सन–ओडोइको पासमा रोस बार्कलीले ३३औं मिनेटमा गोल गरेपछि चेल्सीले जित पक्का गरेको थियो।
आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले चौथो चरणको प्रतिद्धन्द्धी सोमबार पाउनेछ।
आजै वेष्ट ब्रोमले चाल्र्टनलाई १–० ले पराजित गर्दा क्युपिआरले स्वान्सी सिटीलाई ५–१ ले हरायो। सेफिल्ड युनाइटेडले फेल्डेलाई २–१ ले पराजित गर्यो।