काठमाडौं। लुकास मोउराको हेडिङ गोलमा टोटेनह्यामले आज च्याम्पियनसिप क्लब मिडल्सब्रोसँग १–१ को बराबरी खेलेपछि एफए कपको चौथो चरणमा स्थान पुनः खेल्नु पर्ने भएको छ।
चोटका कारण कप्तान ह्यारी केन नहुनुबाहेक टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले मिडल्सब्रोविरुद्ध पहिलो राजाईकै टोली उतारेका थिए। तर, जर्ज सेभियाको पासमा एस्ले फ्लेचरले गोल गरेपछि टोटेनह्याम दबाबमा परेको थियो। सेर्गी औरियरको क्रसमा मोउराले हेगमार्फत गोल गरेपछि टोटेनह्यामले एफए कपमा सम्भावना जिवितै राख्न सफल भयो। चौथो चरण प्रवेशका लागि पुनः खेल कहिले हुने भन्ने टुंगो छैन।

च्याम्पियनसिपको अर्को क्लब डर्बी काउन्टीले प्रिमियर लिगको क्लब क्रिष्टेल प्यालेसलाई १–० ले हराउँदै चौथो चरणमा स्थान पक्का गर्यो। क्रिस मार्टिनले ३२औं मिनेटमा गरेको गोल डर्बी काउन्टीको जितमा निर्णायक बन्यो।
भिडियो सहायक रेफ्री (भिएआर)सँगको सल्लाह गरेर रेफ्री माइकल ओलिभरले क्रिष्टल प्यालेसका कप्तान लुका मिलिभोजोभिचलाई रातो कार्डको दर्शन गराएका थिए। डर्बी काउन्टीका टोम हडल्सटोनलाई फाउल गरेपछि रेफ्रीले शुरूमा पहेँलो कार्ड देखाएका थिए।
डर्बीको जितमा वाइन रूनी र हडल्सटोनले मिडफिल्डमा खेलेको भुमिका महत्वपुर्ण रह्यो। दुई एभर्टनबाट खेलेपछि रूनीले एफए कप खेलेको यो पहिलो पटक हो। २०१८ को जनवरीमा एभर्टन एनफिल्डमा लिभरपुलसँग २–१ ले पराजित गरेको थियो।