नाइजेरियामा दुई सय बालबालिका अपहरित एजेन्सी। नाइजेरियाको उत्तरी राज्य नाइजरमा सालिहु ट्यांको इस्लामिक स्कुलबाट करिब दुई सय बालबालिका अपहरणमा परेका छन्। त्यहाँका मिडियाले यो खबर प्रशारण गरेका छन्। घटनामा प्रहरीको कारवाहीमा एकजना अपहरणकारीको मृत्यु भएको समाचारमा बताइएको छ। प्रहरीका अनुसार अपहरणकारी हतियारसहित मोटरसाइकलमा आएका थिए। प्रहरीले बालबालिका छुटाउन प्रयत्न गरिरहेको बताएको छ। नाइजेरियामा पछिल्लो समय बालबालिका अपहरणको घटना दोहोरिन थालेपछि कतिपय विद्यालय बन्द गरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्