१ जनवरी २०२० देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरू भएको छ। अंग्रेजी नयाँ वर्षकाे अवसर पारेर सरकारले पर्यटन विकासका लागि धूमधामसँग घोषणा गरेको अभियान हो, यो। यो अभियान शुरू भएपछि तपाईंले केही योजना बनाउनुभयो कि ? कहाँ–कहाँ घुम्ने ? के–कस्तो अनुभव गर्ने ? के बोकेर जाने ? कति दिनलाई जाने ? यस्ता तयारी गर्नुभयो ?
कतै भ्रमण गर्ने मुड नै नआएको त होइन। त्यसो हो भने मनस्थिति परिवर्तन गर्नेबारे सोचिहाल्नुहोस्। किनभने भ्रमण अब जीवनशैलीसँग जोडिएको छ।
त्यसो त मान्छेको स्वभाव नै भ्रमणशील हो। नयाँ ठाउँ पुग्नु। नयाँ दृश्य देख्नु। नयाँ परिकार चाख्नु। नयाँ–नयाँ मानिससँग चिनापर्ची गर्नु। यी सबै मानिसका स्वभाव हुन्। त्यसैले त मानिसहरू कहिल्यै नदेखेको, नसुनेको ठाउँ पनि जान तयार हुन्छन्।
धेरै मानिस भ्रमणलाई मनोरञ्जन ठान्छन्। तर भ्रमण मनोरञ्जन मात्र होइन। यो त मानसिक विकासको अभ्यास पनि हो। भन्छन् नै, भ्रमणले मस्तिष्क फराकिलो बनाउँछ।
त्यसो भए भ्रमणलाई किन ढिला ?
यसपालि आफ्नै देशलाई प्राथमिकता दिनुहोस्। देशभित्रका विभिन्न ठाउँ घुम्न नछुटाउनुहोस्।
यहाँ तपाईंकै निम्ति केही महत्त्वपूर्ण भ्रमण गन्तव्यहरुको सूची प्रस्तुत गरिएको छ। ती ठाउँका विशेषता पनि बयान गर्ने प्रयास गरिएको छ।
खप्तड

सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध पर्यटकीय स्थल हो, खप्तड। प्राकृतिक सुन्दरताकै कारण धेरैले यसलाई ‘भू–स्वर्ग’ पनि भन्छन्।
खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। तर, खप्तडको आकर्षण त्यहीँ टुंगिदैन।
खप्तड क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), विभिन्न किसिमका वनस्पती र चराचुरुंगी छन्।
खप्तड जाने क्रममा बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिन सकिन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ ब्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो हुन्छ।
खप्तड पुग्ने धेरै बाटा छन्। चलनचल्तीमा आएको डोटीको बाटो हो। काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ। धनगढीदेखि डोटी सिलगढीसम्म आठ घन्टा बस चढेपछि पैदल हिँड्नुपर्छ।
अहिले जिप पनि चल्न थालेको छ। सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ। निकुञ्ज प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो आउँछ।
दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जंगलको बाटो आउँछ।
रारा ताल
कर्णाली प्रदेशमा पर्ने राराताल पनि पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हुन सक्छ। यो देशको सबभन्दा ठूलो ताल पनि हो।
मुगुको गमगढीबाट पश्चिममा पर्ने राराताल पुग्न करीब तीन घण्टा पैदल यात्रा गर्नुपर्छ।
पछिल्लो समय राराताल घुम्ने पर्यटकको संख्या बढेको छ। खास गरी आन्तरिक पर्यटक अझ बढी घुमघामका लागि रारा तालको गन्तव्य छनोट गर्छन्।
रारातालले मनमोहक दृश्य अवलोकन गर्न पाउनुका साथै सैपाल हिमाल देख्न सकिन्छ। यस तालमा सिस्ने र काञ्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ।
रारा ताल घुम्नका लागि केही दिन मात्रै छुट्याउँदा पनि हुन्छ। यहाँ जानका लागि काठमाडौंबाट नेपालगन्जसम्म हवाई यात्रा। त्यसपछि मुगुको ताल्च विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ।
तर, स्थलमार्गबाट जाँदा कालीकोट, जुम्ला, मुगुलगायतका ठाउँ घुम्दै जान पाइन्छ। थोरै समय छ भने पनि दुईदिनमै रारा घुमेर काठमाडौं फर्कन सकिन्छ। आजभोलि मोटरसाइकलमै पनि आन्तरिक पर्यटकहरू रारा पुग्ने गरेका छन्।
रारामा राष्ट्रिय चरा डाँफेलगायतका पंक्षी, कस्तुरी, रतुवालगायतका वन्यजन्तुको पनि अवलोकन गर्न पाइन्छ। साथै यहाँ अन्यत्र नपाइने हिमाली माछा (असला) पनि पाइन्छ।
दैलेख
दैलेखको पञ्चकोशी क्षेत्र धार्मिक पर्यटनका हिसाबले घुम्नलायक गन्तव्य हो। श्रीस्थान, नाभिस्थान, कोटिला, पादुका र धुलेश्वरलाई पञ्चकोशी क्षेत्र भनिन्छ। श्रीस्थान र नाभिस्थानमा आफैैं ज्वाला बलेको देख्न सकिन्छ। साथै पुरातात्विक महत्त्वका स्मारकहरू, दुल्लु दरबारलगायतका ऐतिहासिक क्षेत्रहरूको अध्ययन अवलोकन गर्न पाइन्छ।
लुम्बिनी
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ हुन्छ, लुम्बिनी। विश्वका बौद्ध धर्मावलम्बीहरू लुम्बिनी घुम्न आउने गर्छन्।
आन्तरिक पर्यटकका लागि पनि यो विशेष रहने गरेको छ। यहाँ बोधी रुखसहितको पोखरी, अशोक स्तम्भ, बौद्ध स्तूपाहरू, मायादेवी मन्दिरलगायत अवलोकन गर्न सकिन्छ।
पाल्पा
भ्रमणका लागि अर्को आकर्षक गन्तव्य पाल्पा हो। पाल्पाको सदरमुकाम तानसेन, यस नजिकैको श्रीनगर डाँडा भ्रमणको लागि आकर्षणका केन्द्र हुन्। श्रीनगर डाँडा, कालीगण्डकीलगायत पनि घुम्न सकिन्छ। श्रीनगरबाट धौलागिरि, अनपूर्णलगायतका हिमालहरू देख्न सकिन्छ।
पाल्पाको अर्को आकर्षणको केन्द्र हो –रानीमहल। पाल्पा तानसेनबाट करीब तीन घण्टाको दूरीमा कालीगण्डकी किनारमा रहेको रानीमहललाई ‘प्रेमको प्रतीक’ भनेर चिनिन्छ। यसलाई नेपालको ताजमहलसमेत भनिन्छ।
तत्कालीन जनरल खड्गशमशेर आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानी महल बनाएका हुन्। आकर्षक महल र त्यसको वरिपरिको वातावरण साँच्चै मनमोहक छ।
यो क्षेत्र विशेष गरी प्रेमिल जोडीका लागि प्रख्यात भए पनि पारिवारिक भ्रमण पनि राम्रै हुन्छ। पाल्पाको चुकाउनी र ढाका टोपी पनि उत्तिकै प्रख्यात छ।
पोखरा
पोखरा आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि महत्त्वपूर्ण ठाउँ हो। अझ धेरैभन्दा धेरै बाह्य पर्यटकहरू काठमाडौैंबाट सीधै पोखरा घुम्न जाने गर्छन्।
यस क्षेत्रको मुख्य व्यवसाय नै पर्यटन हो। पर्यटकमैत्री वातावरण भएकाले पनि पोखरा घुम्ने पर्यटकको संख्या बढ्दो छ। फेवातालमा डुंगा सयर गर्दे माछापुच्छ्रे हिमालसँग साक्षात्कार गर्न पाइन्छ। यही मौकाको खोजीका लागि पनि पर्यटकहरू पोखरा पुग्ने गर्छन्।
साथै यहाँ प्याराग्लाइडिङको मजा पनि लिन सकिन्छ।
धार्मिक हिसाबले पनि पोखरा निकै महत्त्वपूर्ण छ। तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, शोभा भगवतीलगायतका मन्दिरको पनि दर्शन गर्न सकिन्छ। यस्तै बुद्धविहार मैत्री चैत्य, नमोबुद्ध गुम्बालगायतका ऐतिहासिक पर्यटकीय स्थलहरू पनि यहाँ छन्।
तपाईं पनि पोखरा घुम्न चाहने हो भने केही दिन मात्रै छुट्याउँदा पनि हुन्छ। पोखरा हवाईमार्ग होस् वा स्थल मार्ग सहजै पुगिने भएकाले दिनभर पोखरा घुमेर काठमाडौं फर्कन्छु भन्न पनि सकिने अवस्था छ। तर, पोखरामा अन्य विभिन्न पर्यटकीयस्थलहरूको अवलोकन गर्ने हो भने पर्यटकले आफ्नो बसाइँ लम्ब्याउन सक्छन्।
मुस्ताङ
हिमाल पारिको जिल्लाका रूपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिर महत्त्वपूर्ण तीर्थस्थल हो।
यो हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो। यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन्।
तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरूमध्ये छुमिङ ग्यात्सा पनि एक हो।
मुस्ताङ भ्रमणको अर्को आकर्षण हो – मार्फा। यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात छ। यहाँ स्याउबाट बनेका परिकारहरुको स्वाद लिन पाइन्छ। साथै यहाँबाट कागवेनी पनि घुम्न सकिन्छ।
मुस्ताङ पुग्ने पर्यटकले लोमान्थाङ ऐतिहासिक दरबार, मुक्तिनाथ क्षेत्र, टुकुचे नीलगिरि हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिकलगायत अवलोकन गर्न सक्छन्।
अन्नपूर्ण सर्किट
अन्नपूर्ण क्षेत्र विश्वकै उत्कृष्टमध्येको एक ‘ट्रेकिङ ट्रेल’का रूपमा चिनिन्छ। यस क्षेत्रमा घुम्नका लागि कम्तीमा दुई हप्ता छुट्याउनुपर्छ।
साइक्लिङ गर्ने हो भने यहाँ विभिन्न ठाउँमा बस्न, खानका लागि कुनै समस्या छैन। यहाँ गुरुङ र थकाली समुदायका मानिसले पर्यटकहरूको न्यानो आतिथ्यताको व्यवस्था गर्दछन्। साथै स्थानीय परिकार चाख्न पाइन्छ भने प्राकृतिक छटाको मज्जा अझ बेग्लै हुन्छ।
साइक्लिङका लागि काठमाडौंबाट बेँसीसहरसम्म बसको यात्रा गर्नुपर्छ। त्यसपछि साइकलमा बुलबुले, धारापानी, मनाङ सदरमुकाम चामे, याक खर्क, त्यसपछि थोराङ ला हिमालको फेंदीमा पुगिन्छ। त्यस्तै मुक्तिनाथ, जोमसोम, कालोपानी, तातोपानी हुँदै बेनीसम्मको यात्रा गर्न सकिन्छ। यसका लागि सबै यात्रीले अनुमति भने लिनुपर्छ।
साइकल यात्राका समयमा बन्दोबस्तीका सामानसहित औषधि, प्राथमिक उपचारका सामग्री लैजान भुल्नुहुँदैन। यो ट्रेल पैदल यात्राका लागि पनि उत्तिकै चर्चित छ।
चितवन
चितवनमा घुम्ने धेरै ठाउँ छन्। यहाँ सौराहा, मेघौली, सिराईचुली, लामो झरना, उपरदाङगढीलगायतका ठाउँ घुम्न लायक छन्।
यहाँ थारु नाच, भिलेज वाक, बोटिङलगायत गरेर मजा लिन सकिन्छ। साथै हात्ती प्रजनन केन्द्र पनि यहाँ छ। साथै यहाँ जंगल सफारी गरेर गैँडा, बाघलगायतका विभिन्न जनावरहरूको अवलोकन गर्न सकिन्छ।
यस्तै सिराइचुलीबाट आकर्षक सूर्योदय देख्न सकिन्छ। अर्को ऐतिहासिक स्थल उपरदाङगढी अंग्रेजहरूसँगको युद्धको समयमा बहादुर शाहका नाति देव भन्जन शाहले बनाएको स्थल हो। यहाँबाट आकर्षक सूर्यास्त देख्न सकिन्छ। चितवन घुम्नका लागि केही दिन मात्रै छुट्याउन सकिन्छ।
गोसाइँकुण्ड
रसुवामा पर्ने गोसाइँकुण्ड क्षेत्र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र हो। यस वरिपरि १०८ वटा कुण्ड छन्। पर्यटक यहाँ रमाउन सक्ने कारण भनेकै यसको प्राकृतिक बनावट र कुण्डहरू नै हो। साथै तामाङ संस्कृतिका बारेमा पनि जान्ने मौका मिल्छ।
पदयात्राका लागि पनि गोसाइँकुण्ड चर्चित छ। यात्रीहरू त्रिशूली वा काठमाडौंको सुन्दरीजल भएर गोसाइँकुण्डसम्मको पदयात्रा गर्न रूचाउँछन्। पदयात्राका लागि पर्यटकले कम्तीमा पाँचदिनको समय छुट्याउनुपर्छ।
गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र छ। गोसाइँकुण्ड रामसार क्षेत्रमा सूचीकृत छ।
काठमाडौं उपत्यका
काठमाडौं उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला पर्छन्। यो धार्मिक हिसाबले निकै महत्त्वपूर्ण क्षेत्र हो। काठमाडौंलाई मन्दिरहरूको पनि राजधानीका रूपमा चिनिन्छ।
यहाँ स्वयम्भूनाथ मन्दिर, हनुमानढोका दरबार परिसर, पशुपतिनाथको मन्दिर, पाटन दरबार परिसर, भक्तपुर दरबार परिसरलगायतका ऐतिहासिक स्थलहरू छन्।
त्यस्तै कीर्तिपुर, मध्यपुर, बौध्दनाथ स्तूप, चाँगुनारायण मन्दिर, नारायणहिटी दरबार संग्रहालयलगायतका अवलोकन गर्न सकिन्छ।
शिवपुरी राष्ट्रिय निकुञ्ज
काठमाडौंलाई पिउने पानी उपलब्ध गराउने जलाधार क्षेत्रका रूपमा शिवपुरी निकुञ्जलाई लिइन्छ। पूर्वमा चिसापानी र पश्चिममा ककनीसम्म फैलिएको निकुञ्जमा थुप्रै घुम्नलायक ठाउँहरू छन्।
यहाँ हाइकिङका लागि उपयुक्त वातावरण छ। साथै हिम शृंखला, वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ। सुन्दरीजलमा झरना हेर्न र पानीमा रमाउन पाइन्छ। साथै काठमाडौंको धुलो, धूवाँबाट आजित भएका व्यक्ति यहाँ पुगेर रमाउन सक्छन्।
धार्मिकरूपले पनि यो क्षेत्र चर्चित छ। बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन्। शिवपुरीको उत्तरी भेगबाट उच्च हिमालको दृश्य तथा दक्षिण ढलानबाट काठमाडौं उपत्यका देख्न सकिन्छ।
कालीञ्चोक
दोलखाको कालीञ्चोक घुम्नलायक ठाउँमध्ये एक हो। काठमाडौंबाट नजिकै भएकाले पनि छोटो समयमा घुमेर आउन सकिन्छ। यहाँबाट लाङटाङलगायतका हिमाल देख्न सकिन्छ। जाडोयाममा हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न विशेष गरी आन्तरिक पर्यटक जाने गर्दछन्। यहाँ कालीञ्चोक भगवतीको मन्दिर पनि छ। त्यसैले धार्मिकरूपमा पनि यसलाई महत्त्वपूर्ण मानिन्छ।
चित्लाङ
मकवानपुरको चित्लाङ नयाँ पदमार्गको रूपमा परिचय बनाइरहेको छ। काठमाडौंबाट नजिकै पर्ने भएकाले केही दिन मात्रै छुट्याउँदा पनि हुन्छ। अहिले चित्लाङका ठाउँठाउँमा स–साना रिसोर्ट बनेका छन्। होमस्टे पनि २०–२२ वटा खुलेका छन्। यहाँ स्थानीय परिकारका स्वाद चाख्दै प्रकृतिसँग रमाउँदै पदयात्रा गर्न सकिन्छ। शहरिया जीवनबाट आकुलव्याकुल भएका व्यक्तिलाई चित्लाङ रमाउनका लागि राम्रो गन्तव्य हुन सक्छ। यहाँको स्वच्छ हावा, सुन्दर वातावरणले जो कसैको मन भुलाउँछ।
भनिन्छ चित्लाङ गाउँ राजा अंशु वर्माले गोठालाहरूलाई उपहार दिएका थिए। चित्लाङमा सप्तश्री धारा, अशोक चैत्य पर्यटकीय आकर्षण हो। साथै चित्लाङको भालेबास डाँडोलाई भगवान शिवको रूपमा पूजा गर्ने चलन पनि छ।
जानकी मन्दिर
धार्मिक पर्यटनका हिसाबले जानकी मन्दिर उत्कृष्ट गन्तव्य हो। जनकपुरमा रहेको यो मन्दिर हिन्दूको आस्थाको केन्द्र पनि हो। जानकी मन्दिर निकै भव्य र आकर्षक छ। यहाँ मैथिली संस्कृति अवलोकन गर्न सकिन्छ।
सगरमाथा बेस क्याम्प
विश्वकै अग्लो शिखर सगरमाथा। सगरमाथा बेस क्याम्प पदयात्राका लागि दुई हप्ता छुट्याउनुपर्छ। पदयात्रीले सबभन्दा बढी रोजाइमा पार्ने क्षेत्रसमेत हो, सगरमाथा बेस क्याम्प। अधिकांश पदयात्रीले लुक्लाबाट पदयात्रा शुरू गरिन्छ। यहाँबाट नाम्चे बजार, सगरमाथा राष्ट्रिय निकुञ्ज, शेर्पा गाउँहरू, सगरमाथालगायतका हिमालहरूको अवलोकन गर्न सकिन्छ। तेङबोछेको इम्जा खोलामा क्लाइम्बिङ मजा पनि लिन सकिन्छ। कालापत्थरमा पर्यटक सेल्फी लिन लालायित हुन्छन् भने हिउँसँग खेल्ने सपना पनि पूरा गर्छन्।
कोशी टप्पु

कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको राजधानीका रूपमा चिनिन्छ भने चराहरूको स्वर्ग। कोशी टप्पु क्षेत्र वन्यजन्तु, चराचुरुङ्गी र प्रकृतिप्रेमी पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ। यहाँको मुख्य विशेषता नै लोपोन्मुख अर्ना अवलोकन हो। यस्तै अन्य वन्यजन्तु हरिण, रतुवा, नीलगाईलगायत पनि अवलोकन गर्न पाइन्छ।
साथै ठूलो धनेश, स्वाम्प प्यारट्राइज, माछा खाने गिद्ध (फिसिङ इगल)लगायतका दुर्लभ प्रजातिका चराहरूको पनि अवलोकन गर्न सकिन्छ। यहाँ ४४१ प्रजातिका चराचुरुंगी पाइन्छन्। कोशी नदीमा विभिन्न प्रजातिका माछा, दुर्लभ घडियाल गोही तथा ग्यांगेटिक डल्फिनको पनि पर्यटकले अवलोकन गर्न सक्नेछन्।
सुनसरीस्थित सप्तकोशीको तटमा रहेको कोशी टप्पु विराटनगरबाट करीब ५० किलोमिटर उत्तरपश्चिम र धरानबाट करीब ४० किलोमिटर पश्चिमदक्षिणमा अवस्थित छ। कात्तिकदेखि फागुनसम्म यो क्षेत्र घुम्न उपयुक्त हुन्छ। अन्य देशबाट समेत चराहरू बसाइँ सरेर आउने भएकाले यो अवधिमा रौनक नै बेग्लै हुन्छ। यो क्षेत्र रामसार सूचीमा समेत सुचीकृत छ।
इलाम
पूर्वको इलामको आकर्षण यहाँको प्रकृति र चिया बगान हो। फिक्कल र कन्याम चिया बगान प्रख्यात छ। यहाँको अन्तुडाँडा र सन्दकपुरबाट सूर्योदय पनि आकर्षक देखिन्छ। यस्तै माइपोखरी पनि अर्को मुख्य आकर्षक गन्तव्य हो।
होमस्टेहरू
अहिले पर्यटकीय क्षेत्रमा होमस्टे खुल्ने क्रम पनि बढेको छ। विभिन्न जातीय भेषभूषा, रहनसहन, परम्परागत परिकारहरूको स्वाद र सांस्कृतिक नृत्यहरूको आनन्द लिन होमस्टेहरूमा जान सकिन्छ। देशका विभिन्न ठाउँमा होमस्टेहरू स्थापना भएका छन्।
होमस्टे प्रायः निकुञ्जलक्षित स्थापना भएका छन्। यसकारण पनि निकुञ्जको अवलोकन गर्दै त्यहाँका स्थानीय रहनसहनबारे अध्ययन गर्न सकिन्छ।
कञ्चनपुरको राना थारु होमस्टे कञ्चनपुर, बर्दियाको डल्ला होमस्टे, सतखलुवा होमस्टे, बाँकेको गाभर भ्याली होमस्टे, नयाँ गाउँ होमस्टे, नवलपुरको अमलटारी होमस्टे, चितवनको मेघौली होमस्टे, स्याङ्जाको सिरुबारी होमस्टे, इलामको अन्तुडाँडा होमस्टेलगायतमा रमाएर त्यस आसपासका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ।
" /> १ जनवरी २०२० देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरू भएको छ। अंग्रेजी नयाँ वर्षकाे अवसर पारेर सरकारले पर्यटन विकासका लागि धूमधामसँग घोषणा गरेको अभियान हो, यो। यो अभियान शुरू भएपछि तपाईंले केही योजना बनाउनुभयो कि ? कहाँ–कहाँ घुम्ने ? के–कस्तो अनुभव गर्ने ? के बोकेर जाने ? कति दिनलाई जाने ? यस्ता तयारी गर्नुभयो ?कतै भ्रमण गर्ने मुड नै नआएको त होइन। त्यसो हो भने मनस्थिति परिवर्तन गर्नेबारे सोचिहाल्नुहोस्। किनभने भ्रमण अब जीवनशैलीसँग जोडिएको छ।

">