२२ वर्षदेखि फरार प्रतिवादी पक्राउ   <p>&nbsp;स्याङ्जा। २२ वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका-२ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए। &nbsp; &nbsp;&nbsp;</p> <p>उनका अनुसार अदालतले २२ साउन २०५४ मा एक वर्ष एघार महीना ६ दिन कैद सजाय तोकेको थियो।&nbsp;</p> <p>पक्राउ परेका गुरुङलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्