निषेधाज्ञाको मौकामा सहकारीबाट साढे ९ लाखभन्दा बढीको धनमाल चोरी काठमाडौं। काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गौथली ऋण तथा सहकारी संस्थाबाट ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको प्रहरीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्