विद्यार्थी कुट्ने शिक्षक पक्राउ

काठमाडौं। रुपन्देहीमा गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने एक जना शिक्षक पक्राउ परेका छन्।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा पाँचमा अध्ययनरत मोहम्मद देवानलाई कुेटेको आरोपमा शिक्षक शैलेन्द्र बराई पक्राउ परेका हुन्।

बराईले १६ पुसमा देवानलाई कुटपिट गरेका थिए। कुटपिटबाट देवानको आँखामा चोट लागेको थियो।

आज हुलाकमार्फत् उजुरी परेपछि शिक्षक बराईलाई मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्ग खत्रीले जानकारी दिए।

देवानले १६ पुसमा कापी लिन बिर्सेपछि शिक्षकले कुटेका विद्यार्थीका अभिभावकले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बराईले भने गाली गरेर कक्षाबाट निस्कन भनेपछि देवानले शिक्षकसँग बाझ्न खोज्दा पिटेको जवाफ दिएका छन्।

घटनापछि देवानलाई प्रध्यानाधापक बराईले भैरवहास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार गराउन लगेका थिए।

बालबालिका सम्बन्धी ऐन–२०७५ मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने, अनैतिक व्यवहार गर्नेलाई करीब एक वर्ष जेल सजाय र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्