औषधि कालोबजारी गर्ने एकजना पक्राउ मोरङ। औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रविकुमार रजकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्