इजरायल र हमासबीच स्थायी युद्धविराम प्रयास बीबीसी। इजरायल र हमासबीच भएको ११ दिने भीषण संघर्षपछि जारी युद्धविरामलाई स्थायी बनाउने कोसिस तीव्र पारिएको छ। यसैक्रममा इजिप्टका विदेशमन्त्री सामेह शाक्राईले इजरायली समकक्षी जाबी एस्केनाजसँग आइतबार काहिरामा भेटवार्ता गरेका छन्। शाक्राईले इजरायल र हमासबीचको युद्धविराम स्थायीरुपमै हुनुपर्नेमा जोड दिएका छन्। दुई पक्षबीच संघर्ष गराउन कसैले उक्साइरहेकाले तनाव बढेको उनले बताएका थिए। इजिप्टका विदेशमन्त्रीले १३ वर्षपछि इजरायल भ्रमण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्