काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई एक/एक हजार जरिवाना लिएर छाड्न आदेश
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ पुसमा पक्राउ परेका १२२ चिनियाँ नागरिकसँग एक/एक हजार रूपैयाँ जरिवाना लिएर थुनामुक्त गर्न आदेश दिएको छ।

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई  प्रतिव्यक्ति एक हजार रूपैयाँ जरिवाना तिराएर थुनामुक्त गर्न आज प्रशासनले आदेश दिएको हो।

“प्रहरीले प्रशासनमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको थियो”, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले देखापढीसँग भने, “आज मुद्दाको सुनुवाइ भएर एक/एक हजार रूपैयाँ जरिवाना लिएर थुनामुक्त गर्न आदेश भएको हो।”

अभद्र व्यवहार सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ। पक्राउ परेका चिनियाँले आरोप स्वीकार गरेकाले थप बुझ्नुपर्ने नदेखिएको प्रजिअ दाहालले बताए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्