गठबन्धन सरकार इजरायलका लागि खतरा : नेतान्याहु काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले नयाँ गठबन्धन सरकार इजरायलको सुरक्षाका लागि खतरा हुने चेतावनी दिएका छन्।लामो समयदेखि गठबन्धन सरकारको नेतृत्व गरेका नेतान्याहुले उनको पार्टीभन्दा बाहेकको गठबन्धन सरकार बनाउने प्रयास तीव्र बनेका बेला सो धारणा व्यक्त गरेका हुन्। यामिना पार्टीका दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले विपक्षी नेता यैर लिपिठसँग गठनबन्धन सरकारबारे छलफल भइरहेको बताएका छन्। नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी पार्टीहरु एक भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्