काठमाडाैं। राष्ट्रिय सभा सदस्यको १८ पदका लागि आगामी ९ माघमा हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ। सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए।
बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो। आगामी २० फागुनमा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो। निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन्।
निर्वाचन आयोगका अनुसार, प्रदेश १ मा महिला, दलित र अन्य समूहका एक/एक पदका लागि तीन/तीन जनाको उम्मेद्वारी परेको छ। प्रदेश २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक/एक पदका लागि दुई/दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन्।
प्रदेश ३ मा महिला र अन्य समूहका एक/एक पदका लागि तीन/तीन जनाको उम्मेद्वारी मनोनयन पत्र दर्ता भएको छ। गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक/एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक/एक पदका लागि क्रमशः दुई, तीन र चारजनाको उम्मेदवारी परेको छ। कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएकाे निर्वाचन आयोगले जनाएको छ। प्रदेश ७ मा महिला र अन्य समूहका एक/एक पदका लागि दुई/दुई जनाको उम्मेदवारी परेको छ।
५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको आगामी २० फागुनमा पदावधि सकिँदैछ। पदावधि सकिनेमध्ये एक सदस्य मनोनीत गरिने छन्। राष्ट्रिय सभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेश सभाका सदस्य हुन्। रासस
" /> काठमाडाैं। राष्ट्रिय सभा सदस्यको १८ पदका लागि आगामी ९ माघमा हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ। सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए।बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो। आगामी २० फागुनमा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो। निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन्।

">