काठमाडौं। धादिङका बाबुराम कार्की १९ मंसीर २०७६ मा त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामी भेट्न पुगे। साँझ साढे ६ बजे अस्पतालको पार्किङमा बा७८प ७१९६ नम्बरको पल्सर मोटरसाइकल पार्किङ गरेर बिरामी भेट्न अस्पतालको वार्डतर्फ लागे।
आधा घन्टापछि फर्कंदा पार्किङमा उनको मोटरसाइकल थिएन। कार्कीले एकछिन त राखिएको ठाउँ फरक पर्यो कि भनेर यताउता खोजे। तर, उनको मोटरसाइकल भेटिएन।
त्यसपछि अस्पतालको सीसीटीभी क्यामराको रेकर्ड हेर्दा उनले आफ्नो मोटरसाइकल अरू कसैले चलाएर लैजाँदै गरेको देखे। तर, त्यो व्यक्तिको अनुहार ठम्याउन सकेनन्।
अर्को दिन उनले आफ्नो मोटरसाइकल अस्पतालबाटै चोरी भएको उजुरी प्रहरीमा दिए।
बाइक फेला पर्यो कि भनेर कार्की एकसातासम्म प्रहरी कार्यालय धाए। तर, दिनदिनै खालि हात फर्कनुपरेपछि उनले आश मारे। अनि ७० हजार रूपैयाँमा ‘सेकेन्ड ह्याण्ड’ बाइक किनेर चढ्न थाले।
आज बिहान महानगरीय ट्राफिक महाशाखाबाट आएको फोन उनका लागि अनपेक्षित थियो। महाशाखाबाट ‘बाइक फेला परेको छ, कागजात लिएर आउनुहोला’ भन्ने खबर आएपछि उनी आश्चर्यमा परे। प्रहरीले उनको बाइक भक्तपुरको गठ्ठाघरमा फेला पारेको रहेछ।
आज बिहानै खुशीको खबर सुन्ने कार्कीमात्र थिएनन्। १७ पुसमा साथीको कोठामा गएका काठमाडौंका मोदनाथ सिलवालको साँझ पार्किङ गरिएको बा७७प ८८६८ नम्बरको बाइक बिहान उठ्दा थिएन। अर्थात् उनको बाइक चोरी भइसकेको थियो।
ट्राफिक महाशाखामा बाइक चोरी भएको उजुरी दिएका सिलवालको बाइक प्रहरीले कालीमाटीमा बेवारिसे अवस्थामा फेला पारेको थियो। “तीन दिनमै बाइक भेटियो, नत्र चोरले कहाँ पुर्याएर बेचिसकेको हुन्थ्यो”, आज महाशाखामै भेटिएका सिलवालले भने।
चोरी भएको बाइक भेटिएपछि महाशाखामा लिन पुगेकामा काठमाडौंका राजेन्द्र तामाङ पनि थिए। उनको बा७०प २१५३ नम्बरको बाइक ६ माघ २०७५ मा चक्रपथबाट चोरी भएको थियो।
काठमाडौं उपत्यकामा दिनहुँजसो मोटरसाइकल चोरी हुन्छन्। महाशाखामा मोटरसाइकल चोरी भएकाको उजुरी पनि दिनहुँ पर्छ। कहिले त एकै दिनमा धेरैजनाले पनि उजुरी गर्छन्। हराएका मोटरसाइकल प्रायः फेला पर्दैनन्।
तर, आज महाशाखाले विभिन्न मितिमा चोरी भएका २१ मोटरसाइकल लिन सवारीधनीलाई बोलाएको थियो। महाशाखाले १७ वटा मोटरसाइकल र चारवटा स्कुटर सम्बन्धित सवारीधनीको जिम्मा लगाएको हो।
महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले सर्वसाधारणको मोटरसाइकल र स्कुटर चोरी नियन्त्रण गर्न छुट्टै टोली निर्माण गरेको र पीडित सहायता इकाइ (भीएसयू)मार्फत् चोरी भएका सवारीसाधन खोज्ने काम गरिरहेको बताए।
“२०/२२ जनाको टोलीले सर्वसाधारणका हराएका तथा चोरी भएका मोटरसाइकल र स्कुटरको खोजी गर्छ”, उनले भने।
यो टोलीले साउनयता हराएका र चोरी भएका १७७ मोटरसाइकल फेला पारिसकेको छ।
प्रहरीले यो अवधिमा मोटरसाइकल चोरी गर्ने गिरोहका २९ जनालाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चोर्ने गिरोहले ग्रामीण क्षेत्रमा पुर्याएर विक्री गर्ने तथा कतिपय मोटरसाइकलका पार्टपूर्जा निकालेर बेच्ने गरेका छन्।
" /> काठमाडौं। धादिङका बाबुराम कार्की १९ मंसीर २०७६ मा त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामी भेट्न पुगे। साँझ साढे ६ बजे अस्पतालको पार्किङमा बा७८प ७१९६ नम्बरको पल्सर मोटरसाइकल पार्किङ गरेर बिरामी भेट्न अस्पतालको वार्डतर्फ लागे।

">