फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्