न्यू डायमण्ड कपको तयारी पूरा, सात टीमले प्रतिस्पर्धा गर्ने
काठमाडौं। न्यू डायमण्ड स्पोर्ट्स क्लबले २३ पुसबाट हुने तेस्रो न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।

२६ पुससम्म चल्ने प्रतियोगितामा सात टीमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका संयोजक कुमार राईले सात टीमको सहभागिता निश्चित भएको बताए। राईका अनुसार आयोजक न्यू डायमण्डसहित साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी क्लब, टप्स उच्च मावि, नेपाल आर्मी क्लब, पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ।

प्रतियोगिताका उपाधि विजेताले चार लाख १०१ रूपैयाँ, दोस्रो हुनेले तीन लाख १०१, तेस्रो हुनेले एक लाख ५१ हजार १०१, तथा चौथो हुनेले ५१ हजार १०१ रूपैयाँ पुरस्कार पाउनेछन्।

सात व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही सात हजार १०१ रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १०१ रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्