काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुठी संस्थानको शाखा कार्यालय, जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पाण्डेले १९ लाख ३० हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै उनीविरुद्ध सोही रकम बिगो कायम गरी अख्तियारले आज विशेषमा मुद्दा दायर गरेको हो।
धनुषाको साविक भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता गर्ने कार्यमा उनले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।
यसैगरी, गुठी संस्थान जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले सोही प्रकरणमा ६ लाख ५० हजार रूपैयाँ घुस लिएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। सोही
प्रकरणमा मुछिएका गुठी संस्थान जनकपुरमा तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध पनि मुद्दा दायर भएको छ। उनले चार लाख ३० हजार रूपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
यस्तै, सुमनकान्त ठाकुरले मोहीबाट पटक-पटक गरी ६३ लाख ३६ हजार ६६७ रकम भुक्तानी गराउन बिचौलियाको भूमिका खेलेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरएको छ। ठाकुरविरुद्ध सोही बराबरको रकम बिगो मागदाबी गरिएको छ।
यसैगरी, अर्का बिचौलिया शत्रुधन जयसवालविरुद्ध पनि मुद्दा दायर भएको छ।
गुठी संस्थान जनकपुरबाट मुआब्जाबापत २७ असार २०६९ मा लिएको १२ लाख ८१ हजार ६६७ रूपैयाँमध्ये सोही मितिमा १२ लाख ५० हजार रूपैयाँ आफूले लिएको र सुमनकान्त ठाकुरलाई सात लाख ३५ हजार रूपैयाँ भुक्तानी गराउन भूमिका निर्वाह गरेको अख्तियारको दाबी छ।
जयसवालसँग सात लाख ३५ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।
यस्तै, गायत्रीदेवी जयसवाललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। गायत्रीदेवी शत्रुधनकी आमा हुन्।
गुठी संस्थान जनकपुरबाट १६ जेठ २०६९ मा मुआब्जाबापत लिएको ७७ लाख एक हजार ६६७ मध्येबाट सोही मितिमा सुमनकान्त ठाकुरलाई ५६ लाख एक हजार ६६७ मुआब्जा रकम भुक्तानी गराउन बचौलियाको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ।
गायत्रीदेवीसँग ५६ लाख एक हजार ६६७ रूपैयाँ बिगो मागदाबी गरिएको छ।