सुडान घोटालामा दोषी ठहर भएका शम्भु भारती जेलमुक्त

काठमाडौं। सुडान घोटाल काण्डमा दोषी ठहर भइ कारागार चलान भएका ठेकेदार शम्भु भारती आज जेलमुक्त भएका छन्।

राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामाग्री खरीदमा उनलाई अदालतले दोषी ठहर गरेको थियो।

सर्वोच्च अदालतले केही दिनअघि उनलाई धरौटीमा छाड्न आदेश गरेको थियो।

उनले आज सर्वोच्चले धरौटीबापत मागेको रकम बुझाएर जेलमुक्त भएका हुन्।

डिल्लीबजार कारागारमा रहेका उनी आज जेलमुक्त भएको कारागारकी निमित्त जेलर सिता अधिकारीले देखापढीलाई जानकारी दिइन्।

“केही दिनअघिकै आदेश हो। त्यसदिन उनले पैसा बुझाउन सकेका थिएनन्”, उनले भनिन्, “आज धरौटीबापतको रकम बुझाएपछि उनी जेलमुक्त भएका हुन्।”

डिल्लीबजार कारागारमा रहेका भारतीले जेल बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा पुनरावेदन दिएका थिए।

भारतीलाई सर्वोच्च अदालतले सुडान घोटालामा दोषी ठहर गर्दै १४ करोड २० लाख रूपैयाँ बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो।

१२ भदौ केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्