तिब्बतद्वारा आज नेपाललाई ८ सय थान अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले आज नेपाललाई कोरोना महामारीविरुद्ध लड्न दोस्रो लट अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। तिब्बतले ८ सय थान अक्सिजन सिलिन्डर,२ सय थान आइसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ हजार थान एन्टीजेन किट आज तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पनि तिब्बतले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्