प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट नक्कली भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपककुमार मण्डल रहेका छन्। उनको साथबाट एक लाख ९८ हजार ४९० बराबरको प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्