काठमाडौं। श्रीलंकाको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका कप्तान लासिथ मालिङ्गाले आईसीसी पुरूष ट्वान्टी–२० विश्वकपको नकआउट चरण खेलेपछि सन्यास लिन कुनै आपत्ति नरहेको बताएका छन्।
तीव्र गतिका बलर मालिङ्गाले यसअघि टेष्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन्। अब उनको मुख्य लक्ष्य श्रीलंकालाई ट्वान्टी–२० विश्वकपको नकआउट चरण पुर्याउनु हो।
ट्वान्टी–२० विश्वकपमा श्रीलंकाले तीनपटक फाइनल खेलिसकेको छ। त्यसमा एकपटक उपाधि जितेको छ। २०१४ मा श्रीलंकाले भारतलाई ६ विकेटले हराउँदै उपाधि उचालेको थियो।
“मैले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेको छु। अब श्रीलंका क्रिकेटले चाह्यो भने म ट्वान्टी–२० क्रिकेटबाट पनि सन्यास लिन तयार छु”, भारतविरूद्ध तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नुअघि मालिङ्गाले भने, “मेरो एउटा लक्ष्य ट्वान्टी–२० विश्वकपको नकआउट चरण खेल्नु हो। श्रीलंका नकआउट चरणमा छनोट भयो भने म जुनसुकै बेला पनि सन्यास लिन तयार छु।”
पुरूष ट्वान्टी–२० विश्वकप १८ अक्टोबरबाट शुरू हुँदैछ। श्रीलंकाले पहिलो खेल आयरल्यान्डविरुद्ध खेल्नेछ। युवा टोलीको नेतृत्व गरेका मालिङ्गा ट्वान्टी–२० क्रिकेटमा राम्रो नतिजा निकाल्नेमा विश्वस्त छन्। उनले भारतविरुद्धको शृङ्खलाले विश्वकप तयारीमा सहयोग पुग्ने बताए।
“हामी नयाँ वर्षमा नयाँ शुरूआत गर्न चाहन्छौं। ट्वान्टी–२० अनुमान गर्न नसकिने खेल हो। क्रिकेटको यो स्वरूपमा यही टोली बलियो हो भनेर भन्न सकिँदैन”, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिइसकेका मालिङ्गाले भने, “जसले पनि एक ओभरमा खेल परिवर्तन गर्न सक्छ। म युवा खेलाडीलाई मौका दिन चाहन्छु। उनीहरू धेरै प्रतिभावान छन्। तर, अनुभवको कमी छ। टीमलाई लय दिन पनि भारतविरुद्धको यो शृङ्खला महत्त्वपूर्ण हुनेछ।’
मालिङ्गाले भारतविरुद्ध खेल्दा भर्खरै चोटमुक्त भएर फर्किएका जसप्रित बुमराहलाई लक्षित गरी रणनीति बनाउने बनाए।
“बुमराह खतरनाक बलर हुन् तर चोटका कारण उनले पछिल्लो चार महीना क्रिकेट खेलेका छैनन्। चोट फर्किएपछि बलरलाई केही खेलसम्म लय भेट्टाउन संघर्ष गर्नुपर्छ, हामी त्यसको फाइदा लिन चाहन्छौं,” बुमराहसँग इन्डियन प्रिमियर लिगमा एउटै टोलीबाट खेलिसकेका मालिङ्गाले भने, “बुमराहको बलिङ गर्ने शैली र मनोवृत्तिबारे केही भन्दिनँ तर हाम्रा ब्याट्सम्यान बुमराहविरुद्ध खेल्न सक्षम छन्।”
" /> काठमाडौं। श्रीलंकाको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका कप्तान लासिथ मालिङ्गाले आईसीसी पुरूष ट्वान्टी–२० विश्वकपको नकआउट चरण खेलेपछि सन्यास लिन कुनै आपत्ति नरहेको बताएका छन्।तीव्र गतिका बलर मालिङ्गाले यसअघि टेष्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन्। अब उनको मुख्य लक्ष्य श्रीलंकालाई ट्वान्टी–२० विश्वकपको नकआउट चरण पुर्याउनु हो।

">