बाबा रामदेवको चुनौति- मेडिकल माफियाहरुको हिम्मत भए अमिर खानविरुद्ध मोर्चा खोलेर देखाउ
एजेन्सी। एलोपेथी र आयुर्वेदबीचको खिचातानीमा बाबा रामदेवले अमिर खानको शो 'सत्यमेव जयते २०१२' को एक क्लिप शेयर गरेका छन्। भिडियोसँगै बाबा रामदेवले 'मेडिकल माफियाहरुको हिम्मत भए अमिर खानविरुद्ध मोर्चा खोलेर देखाउन' लेखेका छन्। रामदेवले शेयर गरेको उक्त भिडियोमा भारतका एक डाक्टरले एलोपेथी औषधीहरु निकै सस्तो हुने भएतापनि 'ब्रान्ड'का कारण आम मानिसले निकै बढी शुल्क तिरेर खरिद गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्
