वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इराकमा भएको हवाई आक्रमणमा इरानका सैन्य कमान्डर कासिम सुलेमानी लगायतको निधन भएपछि संयुक्त राज्य अमेरिकामै विरोध प्रदर्शन भएको छ।
हवाई आक्रमण र ट्रम्पले गरेको थप तीन हजार सेना पठाउने निर्णयको विरोधमा वासिङ्टन लगायतका शहरहरूमा ४ डिसेम्बरमा प्रदर्शन भएको रोयटर्सले जनाएको छ। इरान र अमेरिकाबीच मध्यपूर्वमा युद्ध हुनसक्ने सम्भावनाकाबीच भएका ती प्रदर्शनहरूमा युद्धको विरोध गरिएको छ।
“अमेरिका मध्यपूर्व छोड” भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरूले ह्वाइट हाउस अगाडि प्रदर्शन गरेका थिए। त्यस्तै न्यूयोर्क, सिकागो लगायतका अमेरिकाका अन्य शहरहरूमा पनि प्रदर्शन भएको थियो।
यी प्रदर्शनहरूको आयोजना महिलाहरूको नेतृत्वमा रहेको युद्ध विरोधी समूह ‘कोड पिन्क’ ले गरेको हो। वासिङ्टनमा भएको प्रदर्शनमा जेन फोन्डा लगायतका अभियन्ता र अभिनेत्रीहरू सहभागी थिए।
“यहाँ उपस्थित भएका युवाहरूले बुझ्नुपुर्छ तिमीहरू जन्मेदेखि भएका सबै युद्ध तेलका लागि हुन्”, ८२ वर्षीय फोन्डाले भने, “हामी अब पनि तेलका लागि जीवन गुमाउन, मान्छे मार्न र वातावरण नष्ट गर्न सक्दैनौं।”
अमेरिकामा भएका विभिन्न सर्वेक्षणहरूले बहुसंख्यक अमेरिकी जनता विश्वका विभिन्न भूभागमा भएका अमेरिकी सैन्य हस्तक्षेपको विरुद्धमा रहेको देखाउने गरेका छन्। पछिल्लो वर्ष ‘सिकागो काउन्सिल अन ग्लोबल अफेयर्स’ले गरेको सर्वेक्षणमा केवल २७ प्रतिशत अमेरिकीले मात्र अमेरिकाले गरेको आक्रमणले देश सुरक्षित हुने विश्वास राख्ने गरेको देखाएको थियो।
पढ्नुहोस्
इराकमा सुलेमानी मारिँदा नेपालमा सुनको मूल्यमा रेकर्ड, प्रतितोला ७५ हजार ५ सय पुग्यो
डोनाल्ड ट्रम्पको चेतावनी- अमेरिकाले इरानका ५२ ठाउँलाई निशानामा राखेको छ
इरानले अमेरिकालाई सुलेमानी हत्याको जवाफ फर्काउला ?
विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन: संयुक्त राष्ट्रसंघ
कुर्दुस फोर्सका प्रमुख सुलेमानी अमेरिकी आक्रमणमा मारिए, हत्याको बदला लिने इरानको चेतावनी
" /> वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इराकमा भएको हवाई आक्रमणमा इरानका सैन्य कमान्डर कासिम सुलेमानी लगायतको निधन भएपछि संयुक्त राज्य अमेरिकामै विरोध प्रदर्शन भएको छ।

">