उपत्यकाको सवारी जाम: अत्यावश्यक सवारी साधनलाई नै सास्ती
उनलाई काठमाडौंमा डायलाइसिस् गर्न बसमा ल्याइँदै थियो।
काठमाडौं छिर्ने नाकामा मात्र होइन हिजोआज उपत्यकाको सडक नै  ट्राफिक जामले दिनभर अस्तव्यस्त बन्न थालेको छ।
सडकमा बढेको यो जामले राजधानीमै एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सेवाका सवारी साधनको सहज आवतजावतमा समस्या भइरहेको छ। जसले गर्दा समयमा ठाउँमा पुग्न नपाएर हुने यस्ता दुर्घटना दोहोरिने सम्भावना बढ्दो छ।
उपत्यकाका तीन  जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा झण्डै १२ लाख सवारीसाधन दर्ता भएका छन्। तीमध्ये ११ लाख दुई पाङ्ग्रे छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको सडकमा दिनहुँ १० लाखको हाराहारीमा सवारी गुड्छन्।
नजिकिएको दशैं, तिहार लगायतका चाडबाडमा किनमेल गर्नेहरुको भीडको कारण उपत्यकामा जाम बढेको महाशाखाका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट बताउँछन्।
''न्यूरोड, वानेश्वर, कोटेश्वर, असन, लगायतका किनमेलका लागि भीडभाड हुने ठाउँहरुमा पार्किङ छैन त्यही भएर पनि जाम बढिरहेको हो," उनले भने।
दिनहुँ परिरहेको पानीका कारण ढल फूट्ने, सडकमा भएका खाल्डाखुल्डीले सवारी जाम थपिएको छ।
एम्बुलेन्स र उच्च पदस्थका सवारीसाधनलाई भने जता खाली उतैबाट पठाउने व्यवस्थापन मिलाइएको डीएसपी विष्टले बताए।
"एम्बुलेन्सको लागि चोकमा क्यू सिष्टम पनि लगाइएको छैन उनीहरुलाई दायाँ साइडबाट जान छूट छ त्यसमा हामी सचेत छौं", विष्टले भने।
उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित र साँघुरो सडकहरू, स्मार्ट ट्राफिक बत्ती तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको अभावमा चुस्त दुरुस्त सवारी व्यवस्थापनमा निरीह भएर काम गर्नुपरिरहेको विष्ट बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्