काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज थप आधा किलो सुन र २०० ग्राम हिरा बरामद भएको छ। भारतीय नागरिक किजाकेथिल नौसादको साथबाट प्रहरीले ५९२ ग्राम सुन बरामद गरेको हो।
यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न लागिरहेको समयमा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। त्यस्तै भन्सार चेकजाँचका क्रममा अर्का भारतीय नागरिक मोहमद म्यादिन स्थालीको साथबाट २२२ ग्राम हिरासमेत बरामद भएको छ।
विमानस्थलका एसएसपी रामकृपाल साहले चेकजाँच गर्ने क्रममा सुन र हिरा बरामद भएको देखापढीलाई जानकारी दिए। “शंका लागेर अस्पताल लगेर जाँच्ने क्रममा पेटमा लुकाएको अवस्थामा हिरा भेटिएको हो”, उनले भने, “यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।”
" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज थप आधा किलो सुन र २०० ग्राम हिरा बरामद भएको छ। भारतीय नागरिक किजाकेथिल नौसादको साथबाट प्रहरीले ५९२ ग्राम सुन बरामद गरेको हो।यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न लागिरहेको समयमा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। त्यस्तै भन्सार चेकजाँचका क्रममा अर्का भारतीय नागरिक मोहमद म्यादिन स्थालीको साथबाट २२२ ग्राम हिरासमेत बरामद भएको छ।

">