नेकपा प्रवक्ता श्रेष्ठले उम्मेद्वारी दर्ता गराए

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्‌वारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय कास्की पोखरा पुगेर श्रेष्ठले उम्मेद्‌वारी दर्ता गरेका हुन्। उनको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन्।

श्रेष्ठसँगै नेकपाकी भगवती न्यौपानेले पनि उम्मेद्‌वारी दर्ता गराएकी छन्।

नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपानेलाई उठाउने निर्णय गरेको थियो।

९ माघमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्‌वारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ।

२० फागुनमा रिक्त हुने राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। उम्मेद्‌वारले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनुपर्छ।

२० फागुनमै रिक्त हुने राष्ट्रिय सभाको एक सदस्य भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–२ मा नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)ले तालमेल गरेका छन्।

नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई–दुई सिट बाँड्ने गरी तालमेल गरेका छन्।

पढ्नुहोस

वामदेवले देखेको प्रधानमन्त्री बन्ने त्यो सपना !

प्रतिक्रिया दिनुहोस्