भारतीय नक्कली नोटसहित पक्राउ
<p>वीरगंज। पर्सा प्रहरीले छ हजार रुपैयाँ भारतीय नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। </p>
<p>वीरगंज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट वीरगंज-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई दुई हजार दरको तीन थान भारतीय नोटसहित फेला पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। </p>
<p>प्रहरीका अनुसार पक्राउ परेका देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
