कुटपिट गरी हत्या, चार जना पक्राउ कैलाली। हाल पहिचान नखुलेका अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वसपार्क वडा एरियाबाट शुक्रबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका–३ बस्ने वर्षीय प्रविण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका–४ बस्ने अनिल कुवँर,कैलाली धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोक बस्ने किशोर र कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने किशोर रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्