गृहमन्त्री थापा चीन प्रस्थान
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।

चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनि आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

मन्त्री थापाको टोलीले चीनको सांघाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम छ ।

भ्रमण टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन्।

गृहमन्त्री थापा २५ पुसमा नेपाल फर्कने कार्यक्रम छ। रासस

प्रतिक्रिया दिनुहोस्